Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिमा रहेको बसका चालकले सन्तुलन गुमाएर दुर्घटना हुँदा दुईको ज्यान गयो, २६ जना घाइते





असोज १७, बर्दीबास। महोत्तरीको बर्दीबास नगरपालिका–१० खयरमारामा आज बिहान यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ महिलासहित २६ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकका अनुसार ६ जनाको अवस्था गम्भीर छ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा–१० का ६५ वर्षीय पैदलयात्री चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, बसमा सवार ईश्वरपुर–१२ का १० वर्षीय प्रमिस खडकाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार खडकाको टाउकोमा गहिरो चोट लागेको थियो।

ना ६ ख १४६४ नम्बरको यात्रुबस खयरमाराबाट काठमाडौँतर्फ जाँदै गर्दा लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। तर, प्रत्यक्षदर्शीले बस तीव्र गतिमा रहेकाले चालकले सन्तुलन गुमाएर दुर्घटना भएको अनुमान गरेका छन्। दुर्घटनापछि बस चालकसहित स्टाफ फरार रहेका र उनीहरूको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जोशीले बताए।



Top Post Ad

post bottom ads

Ads Bottom