Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भएका देवकान्तको उपचारका क्रममा ज्यान गयो


असोज १६, सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ४८ वर्षीय देवकान्त मण्डलको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार राति आफ्नै सुत्ने कोठामा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको थियो। तर, चिकित्सकले राति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि बुधबार नै सप्तरीकै कञ्चनरुप नगरपालिका–७ मा मनिरको हार्डवेयर पसलमा काम गर्ने २३ वर्षीय मो. राजाबुलको पनि करेन्ट लागेर मृत्यु भएको थियो।



Top Post Ad

post bottom ads

Ads Bottom