इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्र डेङ्गु सङ्क्रमण नदेखिएको हो ।
सबैभन्दा बढी सङ्क्रमण बागमती प्रदेशमा देखिएको छ, जहाँ १ हजार ६४९ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसपछि गण्डकीमा १ हजार ६३१, लुम्बिनीमा १ हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेश प्रदेशमा १३९ जनामा डेङ्गु देखिएको इडिसिडीले जनाएको छ।
डेङ्गु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। एडिज लामखुट्टे सफा पानी जम्मा भएको ठाउँमा प्रजनन गर्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उच्च ज्वरो, टाउको दुखाइ, शरीर र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, छालामा राता बिमिरा आउनु, शरीर कमजोर हुनेजस्ता लक्षण डेङ्गुका संकेत हुन्।
डा. पुनले ज्वरो आएको, खोकी लागेको वा श्वास फेर्न गाह्रो हुने अवस्थामारामात्र घरमै नबसि तुरुन्त स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ।
चिकित्सकहरूले डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले पानी जम्ने स्थान सफा राख्न, लामखुट्टेबाट जोगिने उपाय अपनाउन र सचेत रहन सबैलाई आग्रह गरेका छन्।




