Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


कात्तिक ९ गते । स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुइटेलसँगै विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा र लेखापाल छविलाल गाहामाथि विद्यालयका लागि खरिद गरिएका कम्प्युटर, प्रिन्टर र प्रोजेक्टरमा नक्कली दाखिला प्रतिवेदन तयार गरी विद्यालयको कोष हिनामिना गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आइतबार आरोपपत्र दायर गरिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा विद्यालयलाई आइसिटी कार्यक्रमअन्तर्गत प्राप्त छ लाख ५० हजार रुपैयाँको बजेटबाट २०७९ असार २३ गते ६ लाख ७४ हजार ४५ रुपैयाँमा कम्प्युटर ७ थान, ल्यापटप १ थान, प्रोजेक्टर १ थान र प्रिन्टर १ थान खरिद गरिएको थियो। तर सो मध्ये दुई थान कम्प्युटर, एक प्रोजेक्टर र एक प्रिन्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार पारिएको आयोगको भनाइ छ।

यसरी दुई कम्प्युटर (१ लाख २३ हजार), प्रोजेक्टर (५८ हजार) र प्रिन्टर (३६ हजार) गरी जम्मा २ लाख १७ हजार रुपैयाँ हिनामिना भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

Top Post Ad

post bottom ads

Ads Bottom