ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदका अनुसार सामान्य भनिएको विवादपछि आवेगमा आएकी सुनिताले श्रीमानको टाउकोमा हतौडा प्रहार गरेकी थिइन् । गम्भीर घाइते लखनलाललाई तत्काल उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल पुर्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको हतौडा बरामद गरिएको छ । हत्या आरोपमा पक्राउ परेकी सुनितालाई नियन्त्रणमा लिएर आइतबारदेखि थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो ।




