Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्रिकेट हेरेर फर्कँदै गरेका यात्रु सवार जिप खोंचमा खस्यो, एकको मृत्यु, नौ जना घाइते



दार्चुला ।
दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप आइतबार दिउँसो साकारबाट निसिलतर्फ जाँदै गर्दा वडा नं. ६ को बजगाडी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

उक्त जिपमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किरहेका १२ जना यात्रु सवार थिए। दुर्घटनामा परी स्थानीय नरेशबहादुर पालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

पाललाई बेहोस अवस्थामा उद्धार गरी तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
जिपमा सवार दुई जना सकुशल रहेका छन् भने अन्य घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल खलङ्गा, दार्चुलामा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गौरव महतले जानकारी दिनुभयो।

घाइतेहरूको पहिचान र अवस्था बारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण प्रारम्भिक रूपमा सडक चिप्लोपन र चालकको नियन्त्रण गुम्नु हुन सक्ने अनुमान गरिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom