असोज २५ गते, बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
घटना सिम्रौनगढ नगरपालिका–५ अन्तर्गत नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा आज बिहान भएको हो । माटो खन्न गएका स्थानीय महिलामध्ये ६५ वर्षीया शारदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरी टोलीले उद्धार कार्य सम्पन्न गरेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




