Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

 


असोज २५ गते, डोटी । डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भिमदत्त राजमार्गमा आज बिहान इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९५६ नम्बरको इभी हाइस बिहान करिब ५ः३५ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १८ जना घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूको उद्धार गरी कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरूमा

  • अछाम मङ्गलसेन–९ का १८ वर्षीय लोकेन्द्र रावल

  • १६ वर्षीय एकेन्द्र विक

  • ३५ वर्षीया मोतीकला परियार

  • ११ वर्षीय बिराज परियार

  • ५३ वर्षीय भीमबहादुर ढोली

  • ११ वर्षीया सृष्टि परियार

  • १९ वर्षीय विनोद परियार

  • ३० वर्षीया मनसरी परियार रहेका छन् ।

त्यस्तै, अन्य घाइतेहरूमा हाइस चालक ३८ वर्षीय देवबहादुर थापा, मेघ्या ढोली, आहाना परियार, एलिसा परियार, पद्मा परियार, रिया परियार, रवि परियार, नृप ढोली, देवराज भाट र इन्द्रसरा परियार रहेका छन् ।

घटनास्थलमा प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमान्डमा १४ जनाको प्रहरी टोली र स्थानीयवासीहरूले संयुक्त रूपमा उद्धार कार्य सम्पन्न गरेका थिए ।

प्रहरीका अनुसार मृतक र अधिकांश घाइतेहरू अछाम मङ्गलसेन नगरपालिका–९ का बासिन्दा रहेका छन् ।
दुर्घटनाको कारण प्रारम्भिक रूपमा गाडीको तीव्र गति र मोडमा नियन्त्रण गुम्नु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom