प्रहरीका अनुसार घटनामा संलग्नमध्ये बर्जु गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही उमेरका विजय साह र १५ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
विजया दशमीको राति करिब १० बजे ती युवाहरूले बालिकामाथि सामूहिक बलात्कार गरी फरार भएका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पुर्याएको थियो ।
नोबेल अस्पतालमा प्रारम्भिक उपचारपछि बालिकालाई हाल कोसी अस्पतालमा थप उपचारका लागि राखिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा खटिएको टोलीले घटनामा संलग्न तीन जनालाई पीडित र प्रत्यक्षदर्शीका बयान तथा प्राविधिक विश्लेषणका आधारमा


.png)

