Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आपसी विवादमा श्रीमतीले टर्च लाइटले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गयो


असोज २१ गते ।

दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका–१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबीच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन्। सो प्रहारबाट ढालबहादुरको टाउको फुटी अत्यधिक रक्तस्राव भएको र त्यसकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

हत्या आरोपमा पक्राउ परेकी छायादेवीमाथि थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

Top Post Ad

post bottom ads

Ads Bottom