पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा मङ्गलबार बिहान विद्युतीय गाडी (इभी) र मोटरसाइकल आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ००२÷००१ ज ००७२ नम्बरको इभी गाडी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल बीच ठक्कर भएको हो। दुर्घटनामा मोटरसाइकल चालकसहित इभीका १३ यात्रु घाइते भएको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो।
घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


.png)

