Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छोराको हतियार प्रहारबाट आमाको मृत्यु





धादिङ, असोज २०।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ।

आइतबार राति करिब ९ बजे गोपबहादुर कडेलका ३० वर्षीय छोरा यमबहादुर कडेलले आफ्नी आमा ५५ वर्षीया राममाया कडेलमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनाबारे जानकारी प्राप्त लगत्तै प्रहरी चौकी सल्यानकोटबाट प्रहरी सहायक निरीक्षक दिनेश खड्काको कमाण्डमा टोली खटिई घटनास्थल पुगेर छोरालाई हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom