Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरू स्थगन

काठमाडौँ, असोज १८। बिहानदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरू स्थगित भएका छन्।

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो।

“मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू यथावत् छन् तर आन्तरिक उडान भने अविरल वर्षाका कारण अहिले स्थगित गरिएको हो,” उहाँले भन्नुभयो।

बिहानदेखि सुरु भएको वर्षाले आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको हो। यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गरेको छ। विभागका अनुसार विशेष गरी राति वर्षा अझ बढी हुने सम्भावना छ।



Top Post Ad

post bottom ads

Ads Bottom