असोज १८। आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्ने र आशीर्वाद ग्रहण गर्ने परम्परा निरन्तर जारी छ।
नवमीसम्म पूजा गरी देवी विसर्जन गरेपछि सुरु हुने यो परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। यस अवधिमा नातागोता, आफन्त र मान्यजनका घर–घरमा पुगेर टीका–आशीर्वाद ग्रहण गर्ने चलन रहिआएको छ।
तर, पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन टीका–आशीर्वाद थाप्ने परम्परा रहेको पाइन्छ।




