Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ





पोखरा — पोखरामा नक्कली पेस्तोल देखाई चोरी तथा लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २७ गते राति करिब ८:५० बजे पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्ने देविकला अधिकारीलाई नक्कली पेस्तोल देखाई लुटपाट गरिएको भन्ने सूचनापछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन बिकलाई पक्राउ गरेको हो।

उनको साथबाट खेलौनाको पेस्तोल (नक्कली पेस्तोल) एक थान र लुटपाटमा प्रयोग गरिएको ग–१३–प–९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका बिकमाथि आवश्यक कानूनी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom