Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गहनाको लोभमा बालिकाको हत्या, २१ वर्षीय युवक प्रहरीको नियन्त्रणमा



असोज २३ गते, बर्दिया । असोज १७ गतेदेखि बेपत्ता भई असोज २० गते मृत फेला परेकी १० वर्षीया भारती (एन्जल) देउवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति गेरुवा गाउँपालिका–५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार तिरुवाले बालिकाको गहनाको लोभमा हत्या गरेको स्वीकार गरेका छन् ।

अनुसन्धानका क्रममा तिरुवाले बालिकाको सुनका गहना बिक्री गर्न गेरुवा, राजापुर र कैलालीका विभिन्न सुन पसलमा प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक्लै साइकल चलाउँदै गरेकी बालिकालाई देखेपछि समिरले समातेका थिए र झाडीमा लगेर घाँटी थिची हत्या गरेको बयान दिएका छन् ।

हत्या आरोपितलाई आज बर्दिया जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

बालिकाकी आमा देउमा देउवाले घटनाबारे जाहेरी दिएकी थिइन् । शवको पोस्टमार्टमपछि प्रहरीले थप अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर गुरुङले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom