पोखरा, असोज २४ गते।
कास्की जिल्लाको मादी गाउँपालिका–११ स्थित दोभान ईदी खोलामा अन्दाजी ४० वर्षको एक पुरुषको शव फेला परेको छ।
मिति २०८२ असोज २४ गते साँझ करिब ५ बजे खोलामा शव देखिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट प्रहरी टोली खटिएको थियो। टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल, पोखरा पठाएको छ।
तर हालसम्म उक्त व्यक्तिको पहिचान खुलेको छैन, प्रहरीले जनाएको छ।
शवको हुलिया विवरण यसप्रकार छः
-
वर्ण : गोरो
-
शरीर : पातलो
-
उमेर : करिब ४० वर्ष
-
उचाइ : करिब ५ फिट २ इन्च
-
कपाल : कालो र केही लामो
प्रहरीले सो हुलिया भएको व्यक्तिलाई चिनेजानेको वा आफन्त भएकोले थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
कास्की प्रहरीले थप जानकारीका लागि नागरिकलाई इलाका प्रहरी कार्यालय शिशुवा वा नजिकको प्रहरी इकाईमा सम्पर्क गर्न आग्रह गरेको छ।





