Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्रामीण जीवनशैली झल्किने टिएनसिको नयाँ बालगीत 'तिम्रो घरको साथी' सार्वजनिक


पोखरा । बालबालिकाको शैक्षिक विकासलाई ध्यानमा राखी नयाँ बालगीत ‘तिम्रो घरको साथी ’ सार्वजनिक गरिएको छ । थ्री स्टार मिडियाको प्रस्तुति रहेको यस बालगीतमा अर्जन रिजाल र अर्मान चापागाईंले स्वर दिएका छन्।

गीतको शब्द तथा सङ्गीत एवम् भिडियोको निर्देशन टेक चापागाईंले गरेका हुन् भने सङ्गीत संयोजन पूर्ण संयोगले गरेका छन्। यसका रेकर्डिस्ट दिबस थापा मगर हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्।

सर्जकहरूको भनाइ अनुसार पछिल्लो समय ग्रामीण क्षेत्रमा जनसंख्या बसाइँसराइ मात्र नभई पुराना चालचलन, रहनसहन र ग्रामीण उत्पादनहरू क्रमशः लोप हुँदै गइरहेका छन्। त्यसैले बालबालिकाले ग्रामीण समाजको जीवनशैली, परम्परा र उत्पादनसम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ यस अडियो–भिडियोको निर्माण गरिएको हो।

गीतमार्फत गाउँघरमा प्रचलित संस्कृति, उत्पादन र परम्परागत जीवनशैलीलाई बालबालिकासम्म पुर्‍याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom