Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतको सोनवर्षा बजारमा मोटरसाइकल दुर्घटना, नेपाली युवकसहित दुई जनाको मृत्यु

 

असोज २२ गते, सर्लाही । सीमावर्ती भारतको विहार राज्यस्थित सोनवर्षा बजारमा बुधबार दिउँसो भएको सडक दुर्घटनामा सर्लाहीका एक नेपाली युवकसहित दुई जनाको मृत्यु भएको छ।

मलङ्गवा नगरपालिका–१० का १९ वर्षीय अजय राउत र उनका आफन्त, भारत खुरसाहा निवासी १९ वर्षीय सचिन राउतको दुर्घटनामा ज्यान गएको हो।

भारतीय प्रहरीका अनुसार, मधेश प्रदेश ०२–००८ प. ९९४२ नम्बरको मोटरसाइकल उनीहरू सवार थिए, जुन बिआर ०८ जिबी ६७१५ नम्बरको टिप्परमा ठोक्किँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि टिप्पर चालक र सवारीसाधनलाई सोनवर्षा थानामा नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईका अनुसार, मृतकमध्ये एक जना नेपाली नागरिक भए पनि दुर्घटना भारतीय भूमिमा भएकाले आवश्यक कानुनी प्रक्रिया, पोस्टमार्टम लगायत सबै कार्यवाही भारतमै हुने बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom