असोज २५ गते, झापा । मेचीनगर नगरपालिका–४ मा रहेको मानवसेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु भएको छ ।
मृतक ५३ वर्षीय आश्रेफुल मुस्लिम हुन्, जसलाई शिवसताक्षी नगरपालिकाले असोज २० गते उद्धार गरी आश्रममा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुस्लिमको सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
योसँगै गत एक वर्षको अवधिमा मानवसेवा आश्रममा आश्रित ११ जनाको मृत्यु भइसकेको प्रहरी तथ्यांकमा उल्लेख छ । स्थानीयवासीले आश्रमभित्र आश्रितको स्वास्थ्य अवस्था र हेरचाह प्रणालीबारे थप ध्यान दिनुपर्ने बताएका छन् ।a




