Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित पक्राउ





काठमाडौँ, असोज २६ गते।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई बिल भुक्तानीको क्रममा घुस रकम लिई कार्यकक्षमै लुकाएर राखेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

कार्यालयमा छापा मार्दा रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद घुस रकम, एक थान मोबाइल फोन र सम्बन्धित कागजातहरू बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पक्राउ परेका दाहालविरुद्ध भ्रष्टाचारसम्बन्धी थप अनुसन्धान जारी छ।



Top Post Ad

post bottom ads

Ads Bottom