Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिरी–खाडिचौर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना, तीन नाबालकसहित २० जना घाइते



असोज २१ गते, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मंगलबार साँझ भएको बस दुर्घटनामा तीन नाबालकसहित २० जना घाइते भएका छन्।

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।
हालसम्म बसमा सवार यात्रुको संख्या भने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom