Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कपिलवस्तुमा झण्डै ढाइ लाख बराबरको पटका बरामद



असोज २१ गते, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ घुरनडेहवास्थित सडकछेउबाट करिब रु. २ लाख ३१ हजार ७ सय मूल्य बराबरको पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले बोरा फाली फरार भएको प्रहरीले जनाएको छ।

पछिपछि प्रहरीले ती बोरा तलासी गर्दा विभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको हो।
हाल फरार व्यक्तिको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom