Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ढोरपाटनमा जिप दुर्घटना, दुई जना घाइते


बागलुङ (गलकोट), कात्तिक ९ गते ।

बागलुङको ढोरपाटन नगरपालिका–९ फल्लेघरमा आज बिहान एक जिप दुर्घटना भएको छ।

ढोरपाटन उपत्यका घुमेर फर्कँदै गरेको लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेपछि सवारमध्ये दुई जना सामान्य घाइते भएका छन्। घाइते दुबै जनाको पहिचान खुल्न बाँकी छ।

प्राप्त जानकारीअनुसार, प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली घुमेर फर्कने क्रममा दुर्घटनामा परेको हो।
उक्त जिपमा राष्ट्रिय गुठी संस्थानका अध्यक्ष र नेपाल सरकारका दुई जना सहसचिवसहितको टोली सवार रहेको स्थानीय वीरबहादुर विश्वकर्माले बताएका छन्।

दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
जिप सालझण्डी–ढोरपाटन सडकखण्डमा पल्टिएको बताइएको छ।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ

Top Post Ad

post bottom ads

Ads Bottom