Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेरीघाट बस दुर्घटना अपडेट : एक जनाको ज्यान गयो , घाइते दुई जनाको उपचार हुँदै


कात्तिक १० गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकै मोडमा पुग्दा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीका अनुसार दुर्घटनामा तीन जना घाइते भएका मध्ये उपचारका क्रममा जुम्ला हिमा गाउँपालिका–४ का १९ वर्षीय अर्जुन बुढाको मृत्यु भएको हो।

घाइतेमध्ये जुम्ला सिँजा गाउँपालिका–५ की २३ वर्षीया रन्जिता रोकाया र उहाँका पाँच वर्षीय छोरा उपेन्द्र रोकाया अहिले जिल्ला अस्पताल कालीकोटमा उपचाररत छन्।

बसमा २४ जना यात्रु सवार रहेको र अन्य सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom