Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मनाङमा लेक लागेर दुई जनाको मृत्यु


कात्तिक ८ गते ।

मनाङमा लेक लागेर दुई जनाको मृत्यु भएको छ। मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीमा पर्यटकको भारी बोकेर फर्कने क्रममा आज एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ।
लेक लागेर बिरामी भएका गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्, प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो।

पौड्यालका अनुसार मृतकका भाइ केशबहादुर गुरुङले घटनास्थलमै मृत्यु भएको खबर गरे पनि अस्पताल पुर्‍याउँदा चिकित्सकले पनि सो कुरा पुष्टि गरेका हुन्।

यसअघि, नार्पाभूमि–४ याकखर्कमा पनि शुक्रबार एक जना मजदुरको लेक लागेर मृत्यु भएको थियो।
मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घले रहेका छन्।
लगातार लेकको कारण मजदुर र स्थानीयमा स्वास्थ्य जोखिम बढेको जिल्ला प्रशासनले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom