कपिलवस्तु, मंसिर १ गते ।
कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। विद्यालयका शिक्षक र विद्यार्थीको हकमा विनियोजन गरिएको नागरिक लगानी कोष, छात्रवृत्ति, दिवा खाजा, सामाजिक सुरक्षा तथा पाठ्यपुस्तकका रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
के-के रकम हिनामिना भयो ?
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार विद्यालयका स्थायी शिक्षकको नागरिक लगानी कोषसहित सामाजिक सुरक्षा कर खातामा नजम्मा गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानमा
-
छात्रवृत्ति शीर्षकमा—रु. ५१,६००
-
दिवा खाजाबापत—रु. २,४७,०५०
-
पाठ्यपुस्तक शीर्षकमा—रु. १,१६,७२९गरि कूल रकम विद्यालयमा विनियोजन भएको पाइएको थियो।
तर अध्यक्ष थारू र प्रधानाध्यापक रैदासको मिलेमतोमा छात्रवृत्तिको ५१,६०० रुपैयाँ एक जनालाई पनि वितरण नगरेको, साथै विभिन्न शीर्षकका जम्मा रु. ४,४३,४३० रुपैयाँ ७५ पैसा हिनामिना भएको आयोगले पुष्टि गरेको छ।
के सजाय माग गरिएको छ ?
आयोगले दुवै जनासमक्ष
-
बिगो बराबर रु. ४,४३,४३०.७५ असुल, र
-
कैद तथा जरिवाना दुवै सजायमागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
आयोगका अनुसार, सार्वजनिक शिक्षा प्रणालीमा हुने वित्तीय बेथितिमाथि आफ्नो प्राथमिकतामा राखेर अघि बढाइने छ, र यस प्रकारका भ्रष्टाचारविरुद्ध कडा कारबाहीको प्रक्रिया निरन्तर जारी रहनेछ।





