Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा


मंसिर १२ — मुस्ताङमा ‘हिमालकी रानी’ भनेर चिनिने हिउँचितुवा (Snow Leopard) को वास्तविक संख्या र अवस्थाबारे पहिलोपटक व्यवस्थित सर्वेक्षण कार्य सुरू गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली भूभागमा १५ वटा क्यामेरा ट्रयाप जडान गरी अध्ययन अगाडि बढाएको हो।

मुस्ताङमा हिउँचितुवाको आधिकारिक तथ्यांक अहिले पनि उपलब्ध छैन। तर विगतमा फेला परेको संकेत, स्थानीयले दिएको जानकारी तथा चौपायामा भएको क्षतिका आधारमा सम्भावित क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले जानकारी दिए।

उनका अनुसार, “जाडोयाममा हिउँचितुवा अध्ययन गर्न अनुकूल समय हो। वन्यजन्तुको गर्मी–जाडो दुवै मौसमको गतिविधि बुझ्नु जरुरी भएकाले यसअघि पनि जेठ–असारमा परीक्षण क्यामेरा जडान गरिएको थियो।”

यसपटकको अध्ययन बायोकोस नेपाल नामक संस्थासँग सहकार्यमा सञ्चालन भइरहेको छ। जडान गरिएका क्यामेरा दुई महिनासम्म सक्रिय रहनेछन्। 

जाडोयाममा उच्च हिमाली क्षेत्रमा अत्यधिक हिउँ हुने भएकाले हिउँचितुवा बस्ती नजिकिन सक्ने तथा यसको चाल–ढाल बुझ्न क्यामेरा ट्रयाप अध्ययन प्रभावकारी हुने बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom