Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अध्ययन भिसामा नेपाल आएका विदेशी विद्यार्थीको गैरकानुनी धन्दा



काठमाडौँ, मङ्सिर १२ गते । अध्ययन भिसाको नाममा नेपाल आउने विदेशी विद्यार्थी गैरकानुनी व्यापार तथा शंकास्पद गतिविधिमा संलग्न found भएको अध्यागमन विभागले जनाएको छ। पछिल्ला महिनामा विभागको अनुगमनपछि धेरै विदेशीलाई स्वदेश फिर्ता पठाइएको छ भने शैक्षिक संस्थालाई विद्यार्थी भर्ना गर्दा थप सचेत रहन निर्देश दिइएको छ।

नेपालका विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षा, संस्कृत, भाषा, साहित्य, कला तथा सङ्गीत अध्ययन गर्ने भन्दै विदेशीहरुले सजिलै अध्ययन भिसा लिने गरेका छन्। तर भर्ना भए पनि उनीहरूमध्येकै केहीले सामान बेच्ने, नेपालीसँग साझेदारीमा होटल–रेस्टुरेन्ट सञ्चालन गर्ने तथा अन्य कानुनविपरीत गतिविधिमा संलग्न रहेको पाइएको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अध्ययन भिसा लिने अधिकांश विदेशी विश्वभाषा क्याम्पस र वाल्मीकि विद्यापीठमा भर्ना हुने गरेको देखिएको छ।

अध्ययन भिसा लिन शैक्षिक संस्थाको सिफारिस आवश्यक पर्ने भए पनि कतिपय संस्थाले मात्र आम्दानीका लागि विद्यार्थी भर्ना गरेको विभागले जनाएको छ।अनुगमनका क्रममा नियमित कक्षा नपढ्ने विद्यार्थीलाई पनि भिसा सिफारिस गरेको पाइएको छ। कतिले त कोर्षसमेत पूरा नगरी बीचमै पढाइ छाडेर अन्य काममा लागेको तथ्य खुलेको छ।

स्टडी भिसा लिएर गैरकानुनी व्यापारमा संलग्न भएको पुष्टि भएपछि केही समयअघि ठमेल र ललितपुरमा व्यवसाय सञ्चालन गर्दै आएका एक फ्रान्सेली नागरिकलाई कारबाहीपूर्वक फिर्ता पठाइएको विभागले जनाएको छ। त्यस्तै, नेपालमा लुकिछिपी बस्दै आएका चार चिनियाँ नागरिकलाई पनि स्वदेश फर्काइएकाे थियो।

एक प्रयोजनका लागि भिसा लिएर अर्को काममा लाग्दा राष्ट्रिय सुरक्षामा नोक्सानी पुग्नुका साथै अन्तर्राष्ट्रिय रूपमा नेपालकै प्रतिष्ठामा असर पर्ने विभागको भनाइ छ। त्यसैले शैक्षिक संस्थालाई नियमित कक्षा र विद्यार्थीको गतिविधि अनुगमन गर्न तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्तै अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई जानकारी दिन निर्देशन दिइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom