Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


कात्तिक २५ गते । मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित  मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ ।


मंगलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका खडकबहादुर घलानको मृत्यु भएको हो । 


मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय घलानको चुरेहिल अस्पताल हेटौँडामा १९ः४५ बजेको समयमा उपचारको क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । 


मोटरसाइकल चालक बकैया गाउँपालिका ७ का २५ वर्षीय देवराज विक र मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका ६ का २० वर्षीय देवराज धानुकी घाइते भएको स्थानीय हात्तीसुडे मेडिकलमा उपचार गरिएको छ । 


सामान्य उपचार पश्चात् डिस्चार्ज भएका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

Top Post Ad

post bottom ads

Ads Bottom