Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गोठमा गोरु बाँध्ने क्रममा सिङले हिर्काउँदा एक जनाको ज्यान गयो


मङ्सिर १०, पाँचथर।
फिदिम नगरपालिका–१४ का ६९ वर्षीय पदमबीर राईको आफ्नै गोरुले हानेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार राई गोठमा गोरु बाँध्ने क्रममा गम्भीर रूपमा घाइते भएका थिए। गोरुले अचानक हानेर धक्का दिँदा उनी करिब १५० मिटर तल खसेका थिए। तल खसेपछि उनको घटनास्थलमै मृत्यु भएको डिएसपी अनिषकुमार कर्णले जानकारी दिए।

घटनाको जानकारी स्थानीय जङ्गबहादुर राईले नजिकैको प्रहरी चौकी पौवा भञ्ज्याङमा गराएका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थल सुरक्षित गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। त्यसपछि जिल्लास्थित अस्पतालमा पोष्टमार्टम गरेर शव परिवारजनलाई हस्तान्तरण गरिएको डिएसपी कर्णले बताए।

Top Post Ad

post bottom ads

Ads Bottom