Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतको मोदीमा कैदबाट छुटेको दिनमै श्रीमतीको हत्या





परबाह, कात्तिक २५ गते।
पर्वतको मोदी गाउँपालिका–६ दराकमा कैदबाट छुटेको दिनै श्रीमतीको हत्या भएको छ।

स्थानीय ५१ वर्षीय जीतबहादुर विकले आफ्नी ५२ वर्षीया श्रीमती सीता विकलाई गए राति कुटपिट गरी हत्या गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते बनेकी सीतालाई प्रहरीको सहयोगमा उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सीताको टाउको र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि घरमै रहेका सीताकी बुहारी शोभा विकले प्रहरीलाई जानकारी दिएपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थल पुगेको थियो। स्थानीयले नियन्त्रणमा लिएर थुनेका अभियुक्त जीतबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए।

प्रहरीका अनुसार जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद सजाय काट्दै आएका थिए। उनी सोमबार नै धरौटीमा छुटेका थिए, र श्रीमतीले नै धरौटी तिरेर उनलाई जेलबाट बाहिर ल्याएकी थिइन्।

घर फर्किएको दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि कुटपिट गरेपछि घटना घटेको बताइएको छ। मृतकका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom