Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

श्रीलङ्कामा चक्रवातसँगै उत्पन्न भएका मौसमी विपत्तिका कारण मृत्यु हुनेको संख्या ४७९ पुग्यो


मङ्सिर १८, श्रीलङ्कामा हालै आएको चक्रवातसँगै उत्पन्न भएका मौसमी विपत्तिका कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार पुष्टि गरेको छ।


डिएमसीका अनुसार देशभर अझै करिब ३५० जना बेपत्ता छन्। विपत्तिबाट ४ लाख ५५ हजार ४०५ परिवारका झन्डै १६ लाख भन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। विपद्को असरका कारण एक हजार २८९ घर पूर्ण रूपमा भत्किएका छन् भने ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको विवरण सार्वजनिक गरिएको छ।


कृषि तथा पूर्वाधार क्षेत्रमा पनि ठूलो मात्रामा क्षति पुगेको डिएमसीले जनाएको छ। कृषि सेवा विभाग अन्तर्गतका १,७७७ पानी ट्याङ्की, ४८३ वटा बाँध, १,९३६ नहर तथा ३२८ सडक संरचना प्रभावित भएका छन्।


यस्तै, श्रीलङ्कामा आएको विनाशकारी बाढीप्रति चिनियाँ नेताहरूले संवेदना व्यक्त गर्दै देशले मागेको आपतकालीन मानवीय सहयोग उपलब्ध गराउने निर्णय गरेका छन्। चीनले नगद अनुदानसँगै लाइफ ज्याकेट, टेन्ट लगायत राहत सामग्री पठाउने तयारी गरेको बताइएको छ।


यसैबीच, एसियाली विकास बैंक (एडीबी) ले पनि विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गर्न श्रीलङ्कालाई ३० लाख अमेरिकी डलर बराबरको आपतकालीन अनुदान स्वीकृत गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom