Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मलामी गएका २८ वर्षीय युवक नदीमा डुबेर बेपत्ता, खोजी जारी


मङ्सिर १८ । कञ्चनपुरमा मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३, तिलकपुरका २८ वर्षीय सनि दमाई बिहीबार दिउँसो नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय भाइ नाता पर्नेको मलामीमा सहभागी भएका दमाई चिता दहन स्थल भुजेला घाट नजिकै नुहाउन पुगेका बेला महाकाली नदीको तीव्र वहावमा परेर हराइएका हुन्।

घटनापछि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली खोजी कार्यमा परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ) सागर बोहराले जानकारी दिए।

यसअघि मङ्सिर ९ गते पौडी खेल्ने क्रममा महाकालीमै बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान मात्र फेला परेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom