दुर्घटनापछि पिकअप चालक भारत, बिहार राज्यको सितामढी जिल्ला डुमरा बडहरवाका ३१ वर्षीय सन्तोषकुमार साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको प्रहरीको भनाइ छ। इ–रिक्सा चालक रौतहट, यमुनामाई गाउँपालिका–४ सरुअठाका ३४ वर्षीय जमसेद आलमको दुवै हात, दुवै खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका छन्। उहाँको नेपाल तराई अस्पताल सुकदेवचोकमा उपचार भइरहेको छ।
इ–रिक्सामा सवार सर्लाही, बरहथवा–२ हजरिया टोलका नागेन्द्र बैठाको परिवारका सदस्यहरू—श्रीमती २७ वर्षीया रिन्कु बैठा, पाँच वर्षीया छोरी अन्निया बैठा, तीन वर्षीय छोरा आयुष बैठा र डेढ वर्षीय रोमन बैठा—घाइते भएका छन्। त्यस्तै रौतहट, माधवनारायण नगरपालिका सङ्खुअवाका दिनेश बैठाका २० वर्षीय छोरा रामविश्वास बैठा पनि घाइते भएका छन्। सबै घाइतेहरूको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रिन्कु बैठाकी सात वर्षीया छोरी अनुष्का बैठाको दुवै खुट्टा भाँचिएको र टाउकोमा समेत चोट लागेको प्रवक्ता बस्यालले जानकारी दिनुभयो। उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिरगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






