Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश


पुस ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवल इजलासले बिहीबार धरौटीमा छोड्न निर्देशन दिएको हो।

उक्त आदेश न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले दिएको हो। अदालतले जिल्ला अदालतको आदेश पुनरावलोकन गर्दै धरौटीमा रिहा गर्न उपयुक्त ठहर गरेको छ।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका थिए। उनले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उच्च अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom