Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

जेनजी आन्दोलनः ओली र लेखकलाई बयानमा बोलाउने तयारी


पौष ३,

जेनजी आन्दोलनका क्रममा भएका दमन र विध्वंस सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि आयोगमा बोलाउने भएको छ । जाँचबुझ आयोगको म्याद सकिन एक साता बाँकी हुँदा आयोगले बुधबार ओली र लेखकसहित राजनीतिक नेतृत्वसहितका महत्वपूर्ण व्यक्तिको बयान बाँकी रहेको भन्दै म्याद थपको गृहकार्य पनि थालेको छ ।

२३ र २४ भदौको घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगको म्याद १ महिना थप गरिदिन आग्रह गरेका छन् । अध्यक्ष कार्कीले आयोगले घटना’bout ‘बटम टु टप’ मोडलमा अध्ययन र जाँचबुझ गरिरहेकाले अब टप लेबलमाथिको जाँचबुझ बाँकी रहेको कारण देखाएर म्याद थप मागेको हो ।

गत ५ असोजमा गठन भएको आयोगले ९ असोजबाट काम थालेको थियो । तीन महिने अवधि पाएको आयोगको म्याद आगामी ९ पुसमा सकिँदै छ । आयोगले प्रधानमन्त्रीलाई भेटेर अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग सोधपुछ बाँकी रहेको र उनीहरूलाई आयोगमा बोलाएर बयान नलिएसम्म प्रतिवेदन लेखन कार्य अघि नबढ्ने भन्दै बयान र लेखन प्रयोजनका लागि एक महिना समय थप गर्न भनेको हो ।

प्रधानमन्त्रीले आयोगको म्याद थप गरिदिने बचन दिएलगत्तै आयोगका पदाधिकारीहरू लेखक र ओलीलाई बयानका लागि पत्राचार गर्ने गृहकार्यमा जुटेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom