![]() |
| फाइल तस्विर |
स्याङ्जा । सम्मानित अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयन गर्दै न्यायिक प्रक्रियालाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यसहित वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार कसूरदारहरूलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पुस ०३ गते खटिएको विशेष टोलीले सम्मानित अदालतबाट विभिन्न मितिमा फैसला भइसकेका तर लामो समयदेखि फरार रही जरिवाना नतिरेका व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका कसूरदारहरूलाई जरिवाना असुलीका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका फरार कसूरदारहरूको विवरण
पक्राउ पर्नेहरूमा घरेलु हिंसा, चोरी तथा अन्य कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई जरिवाना तिर्न बाँकी रहेका व्यक्तिहरू रहेका छन्।
- कसूर : चोरी
- जरिवाना : रु. १५००/-
- कसूर : खाना–लाउनसम्बन्धी मुद्दा
- जरिवाना : रु. ३४९०/-
- कसूर : घरेलु हिंसा
- जरिवाना : रु. ३,०००/-
प्रहरीले अदालतका फैसलालाई चुनौती दिने वा लुकिछिपी बस्ने प्रवृत्तिविरुद्ध कडाइका साथ कारबाही जारी राखिने स्पष्ट पारेको छ। साथै, कानुनले तोकेको दायित्व पूरा नगर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ ।
वडा प्रहरी कार्यालय वालिङले अदालतका फैसलाको समयमै कार्यान्वयनमार्फत न्यायिक विश्वसनीयता कायम राख्न र अपराध नियन्त्रणमा सहयोग पुर्याउन यस्ता विशेष अप्रेसनहरू निरन्तर सञ्चालन गरिने जनाएको छ ।






