Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

बागलुङ जीप दुर्घटना अपडेट : आठ जना घाइते, दुई जनाको अवस्था गम्भीर


मंसिर १८ गते ।

बागलुङ बजारतर्फ आउँदै गरेको एक पिकअप जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगाना क्षेत्रमा भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बरेङबाट बागलुङतर्फ छुटेको ग ३ च ४८३४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा सवार आठै जना घाइते भएका हुन्। घटनापछि सुरक्षा निकायले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीका अनुसार जीप चालक र एक यात्रु गम्भीर घाइते छन् भने अन्यको अवस्था सामान्य रहेको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom