Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

खेल्ने क्रममा बार्दलीबाट लडेर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार


मङ्सिर १९, रुकुम पूर्वमा आज एकजना बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका ३ नम्बर वडा पोखरा बस्ने लोकेन्द्र केसीको छोरा करिब ७ वर्षीय प्रतुस केसी आफ्नै घरको बार्दलीमा खेल्ने क्रममा करिब ७ फिट माथिबाट खसेर घाइते भएका थिए ।

उपचारको लागि जिल्ला अस्पतालमा ल्याई प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपाली सेनाको (NA066) हेलिकप्टरबाट  नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको दाहिने खुट्टाको घुडा माथिको हड्डी भच्चिएको थियो  । बिरामीको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom