Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

आफ्नै घर बाहिर निस्किएकी युवतीमाथि पछाडिबाट आक्रमण, अनुसन्धानमा प्रहरी


माघ ४ गते म्याग्दीको धवलागिरी गाउँपालिका–७ सिवाङ झिनडाँडामा शनिबार राति एक युवतीको हत्या भएको छ। अन्दाजी २० वर्षीया पुनमाया विकको अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब साढे १० बजे घर बाहिर निस्किएकी विकमाथि पछाडिबाट आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई तत्काल प्रादेशिक अस्पताल बेनी पुर्‍याइए पनि उपचारका क्रममा आज बिहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली राति नै घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने तयारी गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom