Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखराबाट छुटेको बस धादिङमा दुर्घटनाग्रस्त: १९ जनाको ज्यान गयो २५ जना घाइते


फागुन ११ गते । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा घाइते भएका यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

का प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। उपचारका लागि ल्याइएका २३ जनामध्ये एक जना घाइतेको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। मृतकको पहिचान खुल्न बाँकी छ।

नेशनल अस्पताल कलंकीमा ९ पुरुष र १ महिलाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा भने ७ पुरुष र ५ महिलाको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

नेशनल अस्पताल कलंकीमा उपचाररत घाइतेहरूमा सितापाइला बस्ने ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते बस्ने १८ वर्षीय सुविन मल्ल, कास्की लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, देविनगर (कास्की) का २३ वर्षीय चन्द्रआशिष फुँयाल, लोलाङ (काठमाडौँ) बस्ने १९ वर्षीय संगम मल्ल, चिसुवा (कास्की) की ३९ वर्षीया प्रमिला भट्टराई, फेदिखोला–४ (स्याङ्जा) का ६४ वर्षीय डम्मरबहादुर विक, कलंकी (काठमाडौँ) का २५ वर्षीय कृष्ण तिवारी, कास्कीका २० वर्षीय सुनम गुरुङ र धुनिबेशी (धादिङ) का ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।

यसैगरी ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया मिसि हाउ, बौद्ध (काठमाडौँ) की ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर, गोकर्ण (काठमाडौँ) की २८ वर्षीया पूजा फुँयाल, फेदिखोला (स्याङ्जा) का २६ वर्षीय सचिन्द्र सुनार र लेखनाथ (कास्की) का प्रदीप लामिछाने रहेका छन्।

यस्तै ट्रमा सेन्टरमै बौद्ध (काठमाडौँ) बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र बौद्धकी ४८ वर्षीया लङ्साङ्गोली लामाको पनि उपचार भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा यसअघि नै १८ जनाको मृत्यु भइसकेको थियो भने कुल २६ जना घाइते भएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom