Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन


फाल्गुन १०, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले स्नातक तह बी.ए.एलएल.बी. सातौं सिमेस्टर (२०२२ व्याच, २०२५ शैक्षिक वर्ष) को परीक्षाफल सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार मिति २०८२ साल माघ २१ गतेदेखि माघ २९ गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा परीक्षा सञ्चालन समितिको मिति २०८२ साल फागुन १० गतेको बैठक निर्णयअनुसार प्रकाशन गरिएको हो। सम्बन्धित विद्यार्थीलाई विस्तृत जानकारीका लागि आफ्नो क्याम्पस वा कलेजमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

परीक्षाफलको ग्रेडसिट सम्बन्धित क्याम्पसहरूबाट सात दिनपछि उपलब्ध गराइने जनाइएको छ। प्रकाशित नतिजाप्रति चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्।

पुनर्योगका लागि प्रति विषय रु ५०० राजस्व नेपाल बैंक लिमिटेड मा रहेको कानून संकाय डीनको कार्यालयको चल्ती खाता नं. २१७००१००१९२४३४०००००१ मा जम्मा गरी सक्कल भौचर संलग्न गरेर सम्बन्धित क्याम्पस/कलेजमा निवेदन दिनुपर्नेछ। सम्बन्धित क्याम्पसहरूले त्यस्ता निवेदन नतिजा प्रकाशित भएको २५ दिनभित्र संकायमा पठाउनुपर्नेछ।

कार्यालयले नतिजा सकेसम्म शुद्ध बनाउने प्रयास गरिएको जनाएको छ। तर छपाइ वा प्राविधिक कारणले त्रुटि भेटिएमा आधिकारिक अभिलेखका आधारमा सच्याइने स्पष्ट पारिएको छ।

यस नतिजामा उत्तीर्ण परीक्षार्थीहरूको रोल नम्बर समावेश गरिएको छ भने विस्तृत विवरण सम्बन्धित कलेजबाट प्राप्त गर्न सकिनेछ। नतिजा संकायको वेबसाइट www.fol.edu.np मा समेत हेर्न सकिने जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom