फागुन १२ गते । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले जानकारी दिनुभयो।
सरकारले निर्वाचन आयोग नेपाल को सिफारिसअनुसार उक्त निर्णय गरेको जनाएको छ। निर्वाचनमा मतदाताको सहभागिता सहज बनाउन बिदा दिइएको सरकारको भनाइ छ।






