Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दाउन्नेमा सवारीसाधन ठोक्किँदा आठ जना घाइते: थप अपडेट


फाल्गुन २७,

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन आपसमा जुध्दा आठ जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की तथा मोटरसाइकलमा पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।

त्यसैगरी यात्रु बोकेको बसमा सवार अन्य छ जना पनि घाइते भएका छन्। घाइते हुनेमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।

घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom