Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरा महानगरपालिकामा आइतबार शोक बिदा


फाल्गुन २९,

पोखरा महानगरपालिकाका पूर्व नगरप्रमुख कृष्णबहादुर थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ।

तत्कालीन पोखरा उप–महानगरपालिकाका नगरप्रमुख (२०५४–२०५९) रहेका थापाको मिति २०८२ फागुन २८ गते बिहीबार असामयिक निधन भएको महानगरपालिकाले जनाएको छ। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले उहाँले नगरप्रमुखका रूपमा पोखराको विकास र समृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गरेको जनाएको छ।

महानगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ।

यसैबीच स्वर्गीय थापाको सम्मानमा मिति २०८२ चैत १ गते आइतबार पोखरा महानगरपालिका कार्यालय तथा मातहतका सबै कार्यालयहरू बन्द रहने महानगरपालिकाले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

यद्यपि स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवा तथा विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। महानगरपालिकाले बिदाका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom