Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

हिरासतबाट छुटाइदिने भन्दै डेढ लाख ठगी, झापाबाट दुई जना पक्राउ


चैत १० गते ।

झापामा लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई हिरासतबाट छुटाइदिने प्रलोभन देखाएर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–६ का वडा सदस्य टंक खड्काका छोरा ३२ वर्षीय सुमन खड्का तथा दमक नगरपालिका–९ जिम्दारचोकका ३० वर्षीय अरुण दनुवार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले फागुन २५ गते लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका–६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै उनका दाजु रामप्रसाद राजवंशीबाट १ लाख ५० हजार रुपैयाँ लिएका थिए।

लक्ष्मण राजवंशी लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलिरहेको अवस्थामा थिए। उनलाई हिरासतबाट छुटाइदिने आश्वासन दिएर रकम असुले पनि प्रतिवादीलाई नछुटाएपछि ठगी भएको खुल्न आएको हो।

पीडित रामप्रसाद राजवंशी रकम दिएपछि पनि भाइ नछुटेपछि जानकारी लिन इलाका प्रहरी कार्यालय दमक पुगेका थिए। सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले आइतबार दुवै जनालाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom