‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको हो।
सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीमाथि वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै करिब २५० जनाबाट रकम ठगी गरेको आरोप लागेको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार उनी लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए। नेपाल फर्किएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






