Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा अवैध रूपमा बालुवा ओसारपसार गर्ने टिप्पर नियन्त्रणमा


चैत १७ गते ।

स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन तथा ओसारपसारमा संलग्न एक टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत १७ गते प्रहरी चौकी फेदिखोलाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा सेतिदोभानबाट फेदिखोलातर्फ बिना रसिद बालुवा ढुवानी गरिरहेको टिप्पर फेला पारेको हो।

नियन्त्रणमा लिइएको टिप्परको विवरणः

  • नम्बर : ग. १ क. ६३५८
  • स्थान : स्याङ्जा, फेदिखोला गाउँपालिका–२

उक्त टिप्परलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि फेदिखोला गाउँपालिकाको कार्यालय, स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नदिजन्य स्रोतको अवैध उत्खनन तथा ओसारपसार रोक्न निगरानीलाई थप कडाइ गर्ने जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom