Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

इरानी आक्रमणमा परी ज्यान गुमाउने श्रेष्ठको शव नेपाल ल्याउने तयारी


फाल्गुन १८,

संयुक्त अरब इमिरेट्समा भएको इरानी आक्रमणमा परि ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक दिवस श्रेष्ठ, गोरखा जिल्ला निवासी, २९ वर्षका थिए।

राजदूतावासका अनुसार, श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय गर्ने क्रममा उनको घटनास्थलमै निधन भएको जानकारी प्राप्त भएको छ।

घटनासम्बन्धी आधिकारिक जानकारी संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको दूतावासले जनाएको छ।

परिस्थिती अनुकूल भएसँगै स्वर्गीय श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउने लगायतका सबै आवश्यक प्रक्रिया र सहजीकरणमा दूतावास तत्पर रहेको पनि जनाइएको छ।




Top Post Ad

post bottom ads

Ads Bottom